नेपाली संगीतका नक्षत्र फत्तेमान राजभण्डारीको जन्म बि.स. १९९३ साल मार्ग १३ गते भएको हो l नेपाली संगीत ईतिहासमा फत्तेमानको योगदान अतुलनीय छ l फत्तेमानको संगीत प्रतिको रुचि बाल्यकाल देखिनै थियो l गीत संगीतमा लगाव बढ्दै जाँदा भजन, नाटक कार्यक्रमहरूमा पनि भाग लिदै गए l संगीतको ज्ञान आफ्नै पिताबाट प्रेरणा र अनौपचारिक शिक्षा पाएका फत्तेमानले पछि उस्ताद गुरुदास, प्रोफेसर रामप्रसादबाट औपचारिक रुपमै संगीत सिके l संगीतलाई आफ्नो उर्जा शक्तिको रूपमा पुजा गरि आफ्नो सम्पूर्ण जीवन साधनामा तल्लीनभई आफ्नो पहिचान हामी माझ बनाएका छन् l बि.स. २०२५ सालमा रेडियो नेपालको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा रचना यादव खरेल, संगीत नातिकाजीको “यस्तो पनि हुदो रहेछ...” गीत प्रथम भएपछि रेडियो नेपालमा धेरै आधुनिक गीत, भजन तथा रास्ट्रिय गीत रेकर्ड गराए l त्यसपछि संगीतकार नातिकाजीको सामिप्यमा रहेर गाएका सबै गीतहरू लोकप्रिय भए l
गायक / संगीतकार
गायन तथा संगीतको क्षेत्रमा निपुणता पूर्वक काम गरे बापत प्रबल गोरखादक्षिणबाह मानपदवी प्रमाण पत्र
निरन्तर संगीत साधनामा लागेका कारण फत्तेमान ८ बर्षमानै परिचित भैसकेका थिए l २०१३ सालमा बासु शशीद्वारा रचित “ताचाप्वायँ” (साँचोको झुप्पा) नेवारी नाटकमा अभिनय तथा गीत गाएका थिए l २०१८ सालमा भजनहरू रेकर्ड गरेर रेडियो नेपाल प्रवेश गरेका थिए l संगीतकार नातिकाजीले स्वरको कर्णप्रियताको कारण आधुनिक गायन तर्फ पनि प्रवेश गराएर आफ्नो गायकीबाट नयाँ उचाई प्राप्त गरे l आधुनिक तर्फ यस्तो पनि हुदो रहेछ , मर्न बरू गाह्रो हुन्न, सान्नानीको गालैमा, कस्तो माया लाइएछ, तिम्रो एक एक तथा भजन तर्फ जड देह यो अवश्य, हे निराकार निरन्जन
पुरा हेर्नुहोसरीता महर्जन
भक्ति संगीतबाट आफ्नो संगीतको यात्रा प्रारम्भ गर्नुभएका नेपाली सांगीतिक क्षेत्रको विकासमा अनवरत जीवन अर्पण गर्दै संगीतमा समर्पित संगीत महारथी फत्तेमान राजभण्डारी वि.सं. २०७० भाद्र २५ गते मंगलबार ऋषि पञ्चमिको दिन सूर्य उदाउनुअघि मध्यरात १२:५० बजे ईश्वरमा लीन हुनुभयो । असंख्य प्रशंसकहरुलाई मर्माहत गरेर फत्तेमान हामीबाट भौतिक रूपमा बिदा हुनुभयो । तर जीवनभर संगीतप्रति समर्पित उहाँका अमरत्वप्राप्त गीतसंगीतहरु मार्फत उहाँ सदा स्मरणीय महान् सांगीतिक हस्तीका रूपमा नेपाली जनमानसमा जीवन्त रहनुहुनेछ
प्रकाश सायमी
नेपाली संगीतका पाँच युगमा विशेष चर्चा हुने युग हो, नेपाली संगीतको स्वर्णिम युग । यो युगलाई क्रमबद्ध रूपमा हेर्दा २०१८ देखि २०३५ सम्म मानिन्छ । लगभग यो दुई दशकको समयावधिमा नेपाली संगीत आकाशमा धेरै यस्ता होनहार कलाकार आए, जसले नेपाली समाजलाई समृद्ध, सम्पृक्त र सशक्त बनाए । यसमा चार पक्षको सशक्त भूमिका रह्यो, गायक, संगीतकार, गीतकार र श्रोता समाज । नेपालीभाषी श्रोताले जमेर नेपाली गीतसंगीत सुने र तत्कालीन समाजमा हिन्दी गीतसंगीतलाई खुलेर बहिष्कार गरे । त्यसमा रेडियो नेपालको प्रमुख भूमिका रह्यो ।
अम्बर गुरूङ
मिति त मलाई थाहा भएन, रेडियो नेपालमा फत्तेमानसँग मेरो भेट भएको थियो । म न्युरोडको ग्रिन होटलमा बसेको थिएँ । रेडियो नेपाल गइरहन्थें; उहाँ पनि आउनुहुन्थ्यो । त्यसको केहीपछि हामी अत्यन्तै मिल्ने साथी बन्यौं । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हाम्रो मित्रता बलियो बनायो । म त्यहाँको सङ्गीत निर्देशक थिएँ; उहाँ पनि त्यहीं कार्यरत हुनुहुन्थ्यो । त्यहाँ नियमित भेटघाटले हाम्रो ‘इन्टिमेसी’ पनि बढ्दै गयो । रमाइलो पनि धेरै गरियो । उहाँ पनि मजस्तै खानपिनको सोखिन । कहिले उहाँकोमा, कहिले मेरोमा आउने–जाने भइरहन्थ्यो । लामो समय सँगै काम गर्दा हामी धेरै घनिष्ठ भयौं । त्यो घनिष्ठता पछिल्लो समयमा पनि थियो । करिब दुई दशक हामी एकदमै नजिकै थियौं र सँगै काम ग¥यौं । फत्तेमानले प्रज्ञा प्रतिष्ठान छोडेपछि हाम्रो भेटघाटचाहिँ अलि पातलियो तर मित्रवत् व्यवहार भने पछिल्लो समयसम्म रहिरहेकै थियो । पछिल्लो समयमा शारीरिक अस्वस्थताले गर्दा पनि धेरै भेटघाट हुन सकेन । पछिल्लो पटक हेटौंडामा एउटा कार्यक्रममा भेट भएको थियो । फत्तेमानले यति चाँडै हामीलाई छोडेर गइहाल्नुहुन्छ भन्ने लागेको थिएन । हुन त सबैको बाटो उही हो । एक न एक दिन हामी सबैले संसार छोडेर जानैपर्छ । अभैm धेरै वर्ष फत्तेमान हामीमाझ रहनुपथ्र्यो । एक विशिष्ट गायकले हामीलाई छोडेर जानुभयो । मैले सिर्जना गरेका धेरै गीत उहाँकै स्वरमा रेकर्ड होऊन् भन्ने मेरो चाहना हुन्थ्यो । मेरा थुप्रै सङ्गीत सिर्जनामा उहाँले गीत गाउनुभयो । गोपालप्रसाद रिमालको रचना ‘रातो र चन्द्र सूर्य’ धेरै लोकप्रिय पनि भयो ।